एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी: ६ सय १३ मतले गुरुङ पराजित

loading...

काठमाडौँ, असोज ३१ । गैरआवसीय नेपाली संघ एनआरएनएको आठौ विश्व सम्मलेनबाट भवन भट्ट अध्यक्षमा निर्वाचित भएका छन् । प्रत्यासी जमुना गुरुङलाई ठूलो मतान्तरले पछि पार्दै भट्ट विजयी भएका हुन् ।

कसलाई कति मत ?
सम्मलेनमा खसेको एक हजार सात सय ८८ मत मध्ये भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले पाँच सय ८४ मत प्राप्त गरेकी छन्।

संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएका छन् । यस्तै, महासचिवमा डा. बर्दी केसी, सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भए ।

भट्टको प्रतिवद्धता
अध्यक्षमा निर्वाचित भट्टले सबैलाई एकढिक्का बनाई एनआरएनएका हालसम्म का सबै एजेन्डा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत ऐजेन्डा समेत अघि बढाउने भट्टले बताए ।

शनिबारदेखि शुरु भएको सम्मलेनमा सोमबार राति अबेर मत परिणाम सार्वजनिक भएको हो ।

गोरखाका अध्यक्ष र उपाध्यक्ष
गोरखामा जन्मिएका भट्टले जापानबाट व्यवसायिक सफलता प्राप्त गरेका हुन् । जापानमा भट्टका दुई सय ९० रेस्टुरेन्ट छन् ।

उनले नेपालमा सञ्चार, होटल र एयरलाइन्समा पनि लगानी गरेका छन् । उपाध्यक्षमा विजयी पन्त पनि गोरखामा जन्मेका हुन् ।

तपाईंको प्रतिकृया
Loading...