राम लिम्बुको ‘निश्चल आँखा …’ सार्वजनिक (भिडियो सहित)

loading...


काठमाडौं, असोज ३० । गायक राम लिम्बुको नयाँ गित ‘निश्चल आँखा …’ सार्वजनिक भएको छ । भिडियो साझेदार साइट युट्युबमार्फत गित सार्वजनिक भएको हो । गितमा गायक राम लिम्बुकै शब्द र संगित रहेको छ भने संगित संयोजन अमित गुरुङले गरेका छन् । लामो समयको मेहनत पछी एउटा स्तरीय गित सार्वजनिक गर्न सम्भव भएको गायक लिम्बुले प्रतिक्रिया दिएका छन् । गित र भिडियोको स्तरीयताको कारण दर्शक, श्रोताले गित मन पराउनेमा गायक लिम्बु आशावादी छन् ।
गितको म्युजिक भिडियोमा चल्तीका कलाकार निराजन प्रधान र मेलीसा खतिवडाले अभिनय गरेका छन् । फलानो क्रियशनले तयार पारेको भिडियोको सम्पादन तथा निर्देशन अपिल त्रिपाठीले गरेका हुन् । सरोज अधिकारीले छायांकन गरेको भिडियोमा रंग संयोजन टेकेन्द्र शाहको रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिकृया
Loading...