ललितपुर उद्योग बाणिज्य संघको निर्वाचनमा देखिएको दुर्लभ मिलन

loading...

राजेश बज्राचार्य
अनलाइन पत्रिका/ललितपुर । ललितपुर उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । आज दिउँसो सम्पन्न निर्वाचनको चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुको सामिप्यताले सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको हो ।

अध्यक्ष पदमा वर्तमान कार्यकालका सबिन श्रेष्ठ र कृष्णलाल महर्जन दुई प्यानलसहित निर्वाचनमा उत्रिएका छन् । त्यसैगरि बरिष्ठ उपाध्यक्षमा रविन्द्रराज ताम्रकार, गजेन्द्रलाल श्रेष्ठ र स्वतन्त्र उम्मेदवार भरत जोशीगरि तीन जनाबीच प्रतिष्पर्धा हुँदैछ ।

निर्वाचनमा उद्योग क्षेत्रका ४७०, एसोसियट्का २० र करिब ८२० बाणिज्य तर्फका सदस्यहरुको मतदान भएको हो । संस्थागत क्षेत्रबाट कार्यसमिति सदस्यमा राजेन्द्र कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

६ जनाको पदाधिकारी पदहरुमा १३ जनाको उम्मेदवारी परेको छ । उद्योग समूहमा १० उम्मेदवारमध्ये ६ जना चयन हुनेछन । ९ जना बाणिज्य समूहका उम्मेदवार मध्ये ७ जना र एशोसियट क्षेत्रबाट कार्यसमितिमा १ जना विजयी घोषित गरिनेछ ।

तपाईंको प्रतिकृया
Loading...