जो गेम खेलेर एक घन्टामा १४ लाख ४० हजार रुपैयाँ कमाउँछिन्

loading...

एजेन्सी । हामी सबैको एउटा चाहना हुन्छ। कम काम गर्नु परोस् तर तलब टन्न आओस् । अस्ट्रेलियामा एउटी महिला यस्तै छिन्, जो एक घन्टामै १४ लाख ४० हजार रुपैयाँ कमाउने गर्छिन् ।अस्ट्रेलियामा अनलाइन गेमको ठूलो व्यापार छ । यी खेलहरु बजारमा पठाउनु पूर्व यसको स्तरको मापन गर्ने गरिन्छ । अस्ट्रेलियाकी यिनै चेल्सी नाम गरेकी युवती नयाँ गेमको गल्ती पत्ता लगाउन माहिर मानिन्छिन् ।

उनलाई सानैदेखि गेममा रुचि थियो । जसका कारण उनले यसैलाई आफ्नो करिअर बनाइन् । गेम निमार्ण गर्ने कम्पनीको विशेष निमन्त्रणामा उनी कम्पनीको अफिस जान्छिन्  र त्यहाँ एक घन्टा काम गरेको १४ लाख ४० हजार रुपैयाँ लिन्छिन् ।

चेल्सी गेम खेलेर त्यसको गल्ती पत्ता लगाउँछिन् । उनले दिएको सुझावअनुसार कम्पनीले त्यसमा सुधार गरेर बजारमा आफ्नो प्रोडक्ट लैजाने गरेको छ । उनीसँग प्रत्यक्ष रुपमा जोडिन धेरै मानिसहरु चाहन्छन् । उनले विज्ञापनबाट पनि थप मनग्यै पैसा आर्जन गर्ने गरेकी छिन् ।

२ वर्षअघि सम्म उनी औषधी कम्पनीमा कार्यरत थिइन् । उनलाई यो पेशाले त्यति प्रभावित पार्न सकेन । यसपछि पुरानै सौखमा मोडिएकी हुन् । उनको सोशल मिडियामा ३ लाख ३० हजार फलोअर छन् ।

तपाईंको प्रतिकृया
Loading...