‘पैसाको प्रलोभनमा पार्नेहरु धेरै आए’

loading...

ललितपुरमा स्थानीय विकास अधिकारीको भूमिकामा अब्बल देखिएका राजकुमार श्रेष्ठ करिब ४ वर्ष दुर्गम जिल्ला डुलेर ललितपुरकै नेतृत्व गर्न आए । प्रमुख जिल्ला अधिकारीको भूमिकामा जेठ १७ गते ललितपुरमा हाजिर भएका हुन् श्रेष्ठ । यतिखेर भने आफ्नो कार्ययोजना र लक्ष्यको प्रारम्भ बिन्दुमा पुग्नु पूर्व नै श्रेष्ठको सरुवा भएको छ ।

प्रजिअ श्रेष्ठले नेपाल सरकारको कुनैपनि निर्णयलाई आत्मसात गर्न तयार रहेको र ललितपुरमा पनि धेरै योजनाहरुको उत्थान गर्नुपर्ने सन्दर्भ उठाउँदै भन्नुभयो, ‘म पछि आउने प्रमुखले पनि यसैको निरन्तरता दिने नै हो ।’ ललितपुरकै विकास र छोटो अवधिको जिम्मेवारीबिच सिडिओ श्रेष्ठको अनुभवलाई समेट्दै अनलाइन पत्रिकाले गरेको विकास सम्वादको सम्पादित अंश ।

छोटो समयमै सरुवामा पर्नुभयो त ?
सरुवा बढुवा नेपाल सरकारको नियमभित्र पर्ने प्रक्रिया हुन् । इमान्दारिता र कर्तव्यनिष्ठतामा बाँधिएर नेपाल सरकारको निर्णय मान्नु राष्ट्रसेवकको पहिलो धर्म हो । यसबाट म पनि हट्न सक्दिन । नेपाल सरकारले देशभरका सिडिओहरुको पदमा फेरबदल गरेको हो । यसकारण सरुवालाई यति धेरै हल्ला नगरौं । ललितपुरमा गर्नुपर्ने काम धेरै बाँकी छन् । सरुवाको निर्णय भएपनि म ललितपुरकै सुरक्षा र विकासका बारेमा सक्रिय नै रहनेछु ।

छोटो अवधिमै सरुवा हुनुपर्दा केही प्रतिक्रिया छ की ?
मैले भनिसकेँ नी । राष्ट्रसेवक कर्मचारीहरुले यसबारेमा केही प्रतिक्रिया वा बहसलाई जरुरी ठान्दैन । नेपाल सरकारको आदेशलाई शिरोपर गर्नेपर्छ । म पनि नेपाल सरकारकै कर्मचारी नै हुँ । यसकारण सरुवा र पदस्थापनमा मेरो सहमति छ । कुरा यतिमात्र हो की, ललितपुरमा केही उल्लेखनीय कार्य गर्छु भन्ने लक्ष्यमा असर पुगेको छ । मेलै धेरै परिवर्तन ल्याउन खोजेको छु । तर योजना र कार्यान्वयनको बीचमै सरुवाको अवस्था देखिएको छ । यस्तै हो । सरकारी निर्णयअनुसार आउने र जाने हुन्छ नै । र, जहाँ गएपनि, जहाँ पुगेपनि काम गर्ने नै हो । यतिमात्रै भन्छु ।

स्थानीय विकास अधिकारी हु“दा ललितपुर बुझ्नुभयो । प्रमुख जिल्ला अधिकारी हु“दा यसको केही फाइदा भयो की ?
अवश्य पनि । मैले स्थानीय विकास अधिकारी हुँदा दक्षिण ललितपुरको दुःख र दुर्गम अवस्थालाई नजिकैबाट नियाल्ने मौका पाएँ । मेरो भूमिका र पहलबाट जे जस्तो प्रयास हुनसक्छ । सम्बन्धितसँगको सहकार्य र समन्वयमा अग्रसर हुँदै पूरा गरेकै हुँ । ललितपुरमा प्रायः बल्झिरहने समस्या भनेकै ढुंगाखानी समस्या हो । यसमा पनि सरकारको नियमविपरित हुँदै कार्य गरिएन । ललितपुरमा ढुंगाखानीको मुद्दा र लफडा धेरै पहिला देखिकै हो ।
सिडिओ भएर मैले कुर्सी सम्हाल्दा ढुंगाखानी संचालन गराउन आर्थिक प्रलोभनका अफर धेरै आए । तर आफ्नो जिम्मेवारी र नेतृत्वलाई हिलो लाग्ने कामबाट दूर नै रहेँ । फेरि ढुंगाखानीको आर्थिक अफरमा जोडिने भनेकै प्रशासन, प्रहरी र कर्मचारीहरु नै हुन् । मेरो कार्यकाल छोटो रहेपनि म कहिल्यैपनि अफरको प्रलोभनमा परिन । म आएदेखि नै धेरै पार्टीगत मान्छेहरुलगायतले आर्थिक लाभको लागि अनेकन प्रयासमा बाँध्न खोज्यो ।

हामी यहा“संग कुरा गरिरह“दा आज करिब ८० दिन पुगेको छ । के के गर्नुभयो ?
जिल्ला प्रशासन कार्यालयभित्र सेवाग्राहीलाई खानेपानीको व्यवस्था गरिदिएँ । प्रशासनभित्रै सम्बन्धित निकायसँग पटकपटक धेरै विषयमा सम्वाद र छलफल गर्नुपर्ने हुन्छ । बैठक कोठाको अभाव थियो । मैले राम्रो र चिटिक्क कोठाको निर्माणमा पहल गरेँ । हामी कुनैपनि बेला त्यो कोठामा बैठक बस्न सक्ने भयौं । प्रशासनभित्र बन्दै गरेको भवनको काम रोकिएको थियो । सम्बन्धित सबैलाई बोलाएर कारण खोज्दै काम प्रारम्भ गराउने काम भयो । करिब ५ महिनामा राम्रो र पक्की भवन बनाउने सम्बन्धित कम्पनीले अवगत गराएको छ । यो प्रयासपछि भवन निर्माणको अन्तिम अवस्था देख्न पाए हुन्थ्यो भन्ने चाहिँ छ ।

१२ वर्षपछि खोला फर्किन्छ, तर मेरो भाग्य ५ वर्षमै फर्कियो भन्ने उखानसंग तपाईंस“ग किन जोडेको ?
(हाँस्दै), म स्थानीय विकास अधिकारी हुँदा धेरै अधिकार मेरो नेतृत्वभित्र पर्देन थियो । तत्कालीन सिडिओमाथि नै अधिकार जोडिएको हुन्थ्यो । मैले आफ्ना केही सहकर्मी र कहिँकतै त्यो बेला भनेको थिएँ । म सिडिओ हुन पाएँ, धेरै काम गरेर देखाउँछु । धेरै नियमविपरितका कामहरु रोक्न म बाध्य हुनुपरेन । तर यसलाई म रोकेर देखाउँछु भन्ने चाहिँ थियो । र, यो लक्ष्य भनेपनि सपना भनेपनि म ठ्याक्कै ५ वर्षपनि नबित्दै ललितपुरमा प्रमुख जिल्ला अधिकारीको भूमिकामा ललितपुर प्रवेश गरेँ । मेरा पुराना सहकर्मी र विशिष्ट व्यक्तिहरुले यसबारेमा चासो दिँदा मैले भन्ने गरेको सार नै मेरो यात्रासँग जोडिएको सत्य घटना नै हो । १२ वर्षमा खोला फर्किन्छ भन्ने उखान छ । तर मेरो लक्ष्य ५ वर्षमै फर्कियो । प्रस्तुती ः अनलाइन पत्रिका

तपाईंको प्रतिकृया
Loading...