भीमेश्वरको शिलामा पसिना, फेरि देशमा अनिष्टको संकेत ?

loading...

सुमन श्रेष्ठ /चरिकोट

दोलखा । नेपालको प्रसिद्ध मन्दिर दोलखा भीमेश्वरको शिलामा पसिना आएको छ । भीमेश्वरको शिलामा मंगलबार दिउँसो २ बजेर ५५ मिनेट जाँदा पसिना आएको थियो । शुरुमा पसिना आएर केही समयमै रोकिए पनि दोश्रो पटक ३ बजेर ५५ मिनेट जाँदा आएको शिवजी प्रधानले जानकारी दिए ।

पसिना भने साँझ ५ बजेर १५ मिनेट जाँदा मात्र रोकिएको थियो । निरन्तर पसिनाा आएपछि पुजारीले कपासले पुछेका थिए । पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनुपर्ने प्रावधान छ ।

भीमेश्वरलाई आउने पसिना राष्ट्रमा हुने परिवर्तनकारी घटनाको पूर्वसंकेत भएको मानिन्छ ।

पसिना आउँदा के भो ?
भीमेश्वरको शिलालाई १९९० सालमा पसिना आउँदा महाभूकम्प गएको ।
१९९७ सालमा पसिना आउँदा राणा सरकारले चारजनालाई फाँसी दिएको ।
२००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य भएको ।
२०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मुत्यु भएको ।
२०१८ सालमा पसिना आउँदा देशमा ठूलो बाढीपहिरो आएको ।
२०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भएको ।
२०३५ सालमा पसिना आउँदा जनमतसंग्रह भएको ।
२०४५ सालमा पसिना आउँदा भूकम्प भएको ।
२०५७ सालमा पसिना आउँदा दरबार हत्याकाण्ड भएको ।
२०६१ सालमा पसिना आउँदा जनआन्दोलन भएको ।
२०६४ सालमा पसिना आउँदा राजतन्त्र अन्त्य भएको ।

तपाईंको प्रतिकृया
Loading...