जापानमा नेपाल फेस्टिबल सम्पन्न

loading...

काठमाडौँ, भदौ २८ । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा नेपाली राजदूतावास टोकियो जापानको विशेष सहयोगमा नेपाल फेस्टिबल २०१७ सम्पन्न भएको छ ।यसरी नै जापानस्थित विभिन्न संघसंस्थाहरूको सहआयोजनामा टोकियोको उएनो पार्कमा सो फेस्टिबल आयोजना भएको थियो । उक्त फेस्टिबल समापन कार्यक्रम एनआरएनए जापानका तदर्थ समिति अध्यक्ष सुदन थापाको सभापतित्वमा भएको थियो ।

कार्यक्रम प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, विशेष अतिथि गैरआवासीय नेपाली संघ आईसिसि उपाध्यक्ष भवन भट्ट, संसद सदस्य उएदा रीएको, परराष्ट्र मन्त्रालय जापानका प्रमुख, गैरआवासीय नेपाली संघ आईसिसि एसिया प्यासिफिक संयोजक किरण विक्रम थापालगायतको सहभागिता रहेको थियो ।

यसरी नै अतिथिहरू उपसंयोजक गोविन्द श्रेष्ठ आईसिसि सदस्यहरू ओम गुरुङ, भुषण घिमिरे, पारसमणि पोख्रेल, कपिल देव थापा, तुलसी राम खरेल, विभिन्न राजनितिक दलका भातृ संगठनका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

२ दिन सञ्चालन भएको नेपाल फेस्टिवलमा २० वटा नेपाली खानाको स्टल र २६ वटा कर्पोरेट स्टल रहेको थियो, जसमा नेपाली भाषाको स्टल, नेपाल प्रमोसन, स्वास्थ्य परामर्श लगायतका स्टल समेत रहेको फेस्टिवलमा ३ लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गरेका छन् ।

अथिति देवो भवःको नारा राखेर आयोजना गरिएको नेपाल फेस्टिभलमा संस्कृतिक झाँकीहरू, टिपिकल नेपाली गोल घर जापानीबीच विशेष आकर्षणका केन्द्रबिन्दु बनेका थिए ।

तपाईंको प्रतिकृया
Loading...