दुबईमा ४० तलाबाट खसेर नेपाली युवकको ज्यान गयो

loading...

काठमाडौँ, भदौ २७ । युनाइटेड अरब इमिरेट्सको अवुधावीमा घरको ४० तलाबाट खसेर एक नेपालीको ज्यान गएको छ ।११ महिनादेखि अबुधावीको मेगार्मी कम्पनीमा कार्यरत लमजुङको बेंसीसहर नगरपालिका १०, बाँझखेत सिरुवारीका २९ वर्षीय टुकप्रसाद गुरुङको मृत्यु भएको हो । पारिवारिक स्रोतले पनि मृत्यु पुष्टी गरेको छ ।

कम्पनीमा रोप एक्सीसको काम गर्दै आएका उनी आगामी महिना घर छुट्टीमा आउने तयारीमा थिए । गुरुङको शव स्थानीय अस्पतालमा राखिएको छ ।

तपाईंको प्रतिकृया
Loading...