आठ जिल्लामा ५ दिन बिदा

loading...

काठमाडौं, भदौ २७ । सरकारले प्रदेश नम्बर दुईमा असोज २ गते स्थानीय चुनावको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २ गते सार्वजनिक विदा र शिक्षण संस्थाहरुमा भने पाँच दिन विदा दिने निर्णय गरेको हो ।

यसैगरी विदेशमा रहेका नेपाली नागरिकका सन्तानलाई बढीमा चार वर्षका लागि राहदानी जारी गर्ने निर्णय गरेको बैठकले दाताको संयुक्त कोषमार्फत विश्व बैंकले उपलब्ध गराउने १ अर्ब ५ करोड अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

तपाईंको प्रतिकृया
Loading...