सरकारले श्रमिकहरुलाई परिचय पत्र दिने

loading...

काठमाडौँ, भदौ २५ । श्रमतथा रोजगार राज्यमन्त्री डिल्ली बहादुर चौधरीले श्रमिकहरुलाई परिचय पत्र दिन आवश्यक गृहकार्य भइरहेको जानकारी दिएका छन् ।समाज सेवा तथा मानव अधिकारमा महिला र बाबलबालिका (सिविस) नेपालको बिसौँ साधारण सभाको उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई परिचय पत्र दिएपछि उनीहरुका हक अधिकारका विषयमा पनि काम गर्न सजिलो हुने विश्वास व्यक्त गरे ।

असुरक्षित वैदेशिक रोजगारका लागि युवाहरुको पहलायन भइरहेको तर्फ इंगित गर्दै उनले नेपालमा बाल श्रमिकको समस्या समाधान गर्न सके दैनिक १ हजार रुपैयाँको ज्यालाका लागि नेपाली कामदारले विदेशी भूमिमा पसिना चुहाउनु पर्ने बाध्यता हट्ने बताए ।

काठमाडौमा २० हजार वढी बालश्रमिकहरु रहेको बताउँदै उनले बालश्रमविरुद्ध अभियान नै सञ्चालन गरेर अघि बढ्ने योजना पनि रहेको जानकारी दिए ।

सरकार र गैर सरकारी संस्थाहरुले एक अर्कालाई मात्रै दोष थुपारेर समस्याको समाधान ननिस्कने बताएका राज्यमन्त्री चौधरीले आवश्यक कानुन बनाउने र भएका कमिकमजोरीहरु सच्याएर अघि बढ्न सरकार दृढ रहेको जानकारी दिए ।

तपाईंको प्रतिकृया
Loading...