बिजुली बिना नै यसरी चार्ज गर्नुहोस् मोबाइल

loading...

काठमाडौँ । मानिलिनुहोस् कि तपाईं कतै जानका लागि बिहानै उठ्नुभयो । तर, मोबाइल हेर्दा त ब्याट्री नै सकिएको छ । मोबाइल नभई नहुने अवस्था छ, तर ब्याट्री छैन, अब के गर्नुहुन्छ ? एकैछिन भएपनि चार्ज गर्ने योजनामा लाग्नुहुन्छ । तर मानौं, बिजुली पनि छैन । अब त फसादै पर्यो । यो हालतमा विकल्प के होला ? घटना यो मात्रै होइन । कहिलेकाहिँ सुन्दर ठाउँमा पुग्नुहुन्छ । तर, मोबाइलमा फोटो कैद गरौं भन्दा ब्याट्री ‘लो’ देखियो । यो अवस्थामा के गर्ने ? अब, बिना बिजुली मोबाइल चार्ज गर्ने विकल्पका लागि तयार हुनैपर्छ । तीन स्टेपमै काम खत्तम हुन्छ ।

आवश्यक सामान
–एउटा कार युएसबी एडप्टर (कार सिगरेट लाइटर) ।
–फोन चार्ज गर्ने तार (युएसबी केबल) ।
–९ भोल्टको व्याट्री ।
–धातुको एक चिप ।
–एउटा पेन स्प्रिङ ।
–पेचकस

अब ब्याट्रीबाट बिजुली पैदा गरेर मोबाइल चार्ज गर्नुपर्छ । यसका लागि तीन स्टेपमा काम गर्नुपर्ने हुन्छ ।

स्टेप १ : धातुको चिप खोल्नुहोस र ब्याट्रीको एक पोलमा लगाउनुहोस्

सबै ब्याट्रीमा दुई टर्मिनल हुन्छ । एउटा पोजेटिभ र अर्को नेगेटिभ पोल । जब यी दुवै पोल तारको माध्यमबाट जोडिन्छ तब इलेक्ट्रोन प्रवाह हुन्छ । सबैभन्दा पहिले ब्याट्रीको नेगेटिभ पोलमा चिप जोड्नुहोस् ।

स्टेप २ : कार एडप्टरलाई ब्याट्रीको पोजेटिभ पोलमा लगाउनुहोस्

कार एडप्टरलाई ब्याट्रीको दोस्रो टर्मिनल मतलब पोजेटिभ पोलमा लगाउनुहोस् । अब इलेक्ट्रिक फिल्ड तयार हुन्छ ।

स्टेप ३ : एडप्टरको धातु भएको भागमा चिपको एउटा भाग जोडाउनुहोस्

चिपको एक टुप्पो र एडप्टरको धातु आपसमा जोडाउँदा ब्याट्रीमा इलेक्ट्रोन छिटो–छिटो प्रवाह हुन्छ र बिजुली बन्ने प्रक्रिया सुरु हुन्छ । सबै ब्याट्रीमा इलेक्ट्रोलाइट र रासायनिक तत्व हुन्छ । यिनीहरुबीच प्रतिक्रिया हुँदा इलेक्ट्रोन्स छिटो प्रवाह हुन्छ र बिजुली पैदा हुन्छ । अब बिना बिजुलीको चार्जर तयार भयो । केबल यसलाई तपाईंको मोबाइलको युएसबी सर्किटमा जोड्नुहोस् । अब तपाईं अत्यावश्यक अवस्थामा आफ्नो मोबाइलको ब्याट्री चार्ज गर्न सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया
Loading...