ठेक्का छाडेर बेपत्ता ठेकेदार

loading...

काठमाडौं, भदौ २४ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कम्पनी पनि रहेको छ । यी कम्पनीले ३० वटा भवन निर्माणको ठेक्का लिएका थिए ।

एक सय ३० आयोजनामध्ये ३० वटा आयोजनाका ठेकेदार भागेका हुन् । विभागअन्तर्गत देशभर ३५ वटा डिभिजन कार्यालय छन् । तर ती कार्यालयको नेतृत्व गरेका कर्मचारीको फितलो अनुगमन र व्यवस्थापनले कुनैपनि आयोजना समयमै सकिएका छैनन् ।

तपाईंको प्रतिकृया
Loading...