खास धार समेटिएको भविनको कृति ‘छायाँ’

loading...

काठमाडौँ, १६ भदौं । युवाकवि भविन लिम्बूको कविता सङ्ग्रह छायाँको हालै विमोचन भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्तरुपमा छायाँको विमोचन गरेका थिए ।
छायाँबारे उपकुलपति घिमिरेले भने— ‘नयाँपन, नयाँ शैली भित्रिएको छ यो छायाँमार्पmत् । आजको कविताले खोजेको खास धार यो कृतिमा भेटिन्छ ।’

यसै गरी विमोचित कृतिबारे निबन्धकार नयाँघरेले आफनो धारणा राखे— ‘छायाँमा देश र परदेश जोड्ने भावनात्मक पुलको निर्माण भएको छ । सरलतामा धेरै बलिया विचार पोखिएको यो सुन्दर कृति हो ।’

समालोचक पौडेलले छायाँमा जातीयता र राजनीतिको कुनै पनि छोइछिटो नरहेको विचार पोखे । उनले भने— ‘कविताको मौलिक स्वाद यसमा छ ।’
कृतिका लेखक लिम्बूले आपूm विदेशमा बस्दा पैसाभन्दा पनि साहित्य–कलामा बढी समर्पित भएको धारणा राखे । उनले भने— ‘कविता लेख्दा मलाई ठूलो सन्तुष्टि हुन्छ । सिर्जनाले दिने सुख अरुबाट पाइँदैन ।’

तपाईंको प्रतिकृया
Loading...