आइतबार सार्वजनिक बिदा

loading...

काठमाडौँ, भदौ १५ । नेपाल सरकार गृह मन्त्रालयले भदौं १८ गते सार्वजनिक विदा दिने भएको छ ।  मन्त्रालयले एक सूचना जारी आईतवार सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
इस्लाम धर्मावलम्बीहरुले प्रत्येक वर्ष मनाउने पर्व बकर ईद अर्थात इदुल जोहा यही मिति २०७४ भदौं १८ गते पर्ने भएको हुँदा सरकारले सो दिनको लागि सार्वजनिक विदा दिने घोषणा गरेकोको सूचनामा जनाईएको छ ।आइतबार देशभरका मुस्लिम समुदायले बकर ईद पर्व मनाउँदै छ ।

के हो बकर ईद ?

बकर ईद आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानी (बलिदान)को सम्झना स्वरूप मनाइने पर्व हो। यही दिन देखि हिजारी संवतको नयाँ बर्षको सुरूवात हुनेगर्दछ । नेपाल सरकारले बकरी इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ ।

बिहान सबैरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोका बाँधिएर एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि बोका, खसी, बाख्रा, राँगा, गाई र भैंसीको वलि दिने परम्परा छ । नेपालमा भने गाइको वलि दिने गरिएको छैन । बलि दिइएको पशुको मासु तीन भाग लगाइन्छ । त्यसमध्ये एक भाग आफू खाने, एक भाग आफ्ना नजीकका मित्रलाई र एक भाग गरीब तथा असहायलाई दिने गरिन्छ ।

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रीय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैंले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई भेडा मरेपछि सोही घटनाको सम्झनास्वरूप यो पर्व मनाउन थालिएको हो।ृ२े

इस्लामका संस्थापक पैगम्बर मुहम्मदलाई अल्लाह (ईश्वर) का रसूल (सन्देष्टा-दूत) मानिन्छ । जसको जन्म इ. छैटौं शताब्दीमा मक्का भूमिमा भएको थियो । मुहम्मदका पिता अब्दुल्लाह र आमा थिइन् अमिनाह । भनिन्छ, मुहम्मद युवा अवस्थाको अन्त्यतिर मक्काको उत्तरस्थित हिरा पर्वतको गुफामा उपवाससाथ ध्यान–प्रार्थनामा बस्न पुगेका थिए ।

उनले यहाँ देवदूत गेब्रिएलको दुई पटकसम्म दर्शन पाएपछि धर्मोपदेशमा उन्मुख भएको बताइएको छ । प्रथम दिव्य अनुभूति हुँदा उनको उमेर चालीस वर्ष हाराहारी रहेको अनुमान गरिएको छ । आज मुहम्मदलाई “ला इलाह इल्लल्लाह मुहम्मदुर्रंसुल्लाह” आदि शब्दबाट मुस्लिम समुदायले सझिन्छन् भने मुहम्मदका अनुयायीहरूलाई ‘उम्मत’ वा ‘उम्मते मुहम्मदी’ भन्ने गरिन्छ ।

एक परमेश्वर अर्थात् एक अल्लाहलाई मात्र मान्ने धर्म हो मुस्लिम । यसमा अल्लाहलाई एक सर्वज्ञ, सर्वशक्तिमान परमेश्वरको रूपमा लिइएको छ । भनिन्छ, अल् र इलाहको संयोगमा ‘इ’ कार लोप भएर ‘अल्लाह’ शब्द उद्भव भएको हो । यसको अर्थ हुन्छ ‘शक्तिशाली परमेश्वर’ । यसैगरी इस्लामको अर्थ “ईश्वरको इच्छाको शरणमा जानु” भनिएको छ । ईश्वर (अल्लाह) को शरणमा समाहितलाई मुसलमान भन्ने गरिएको छ । उता फेरी मुसलमानको अर्थ हुन्छ “अल्लाहको शरणमा पर्ने भक्तजन” । इस्लाम धर्मको सबभन्दा ठूलो पवित्र र प्रिय ग्रन्थ कुरान हो जसमा ११४ अध्याय (सुर) रहेका छन् जुन मुहम्मदका उपदेशहरूको सङ्कलित रूप हो ।

विश्वका करोडौं मुसलमानहरूको रमजान–फित्रपछिको दोस्रो ठूलो लोकप्रिय धार्मिक पर्व हो बकर–ईद । इस्लामी पात्रोको अन्तिम महिना विश्वका मुसलमान समुदाय हर्ष–उल्लासका साथ भाइचारा–पर्व बकर–ईद मनाउन उद्यत हुन्छन् । यस पर्वलाई स्थान विशेषका आधारमा कहीं ईद–उल–जुहा त कतै ईद–उल–अजहा, इदुल–अज्हा, इदे–कर्बा, बकरीद आदि नामबाट पनि सम्बोधन गरिन्छ ।

बकर–ईद पर्वको रमझम र खुसियाली तीन दिनसम्म पनि रहन सक्छ । यो पर्वमा विशेष गरी बलिदानको प्रतीक जनावरको बलि दिइन्छ जसलाई अर्थात् पशुको बलि वा बलिदानीलाई समर्पणको रूपमा लिइन्छ । नजिकैको मस्जिद र इदगाहमा नमाज पढेर हैसियतअनुसार आ–आफ्नो घरमा जनावरको बलि अर्थात् कुर्बानी गरिन्छ । ठाउँ–देश–संस्कृतिअनुसार उँट, भेडा, बोका, खसी आदिलाई बलिको रूपमा काटिन्छ । परिवार–परिवारले अलग–अलग सानो जनावरको बलि दिए पनि ठूलो जनावरको बलि दिनु परेमा पाँच–सातजना मिल्न सक्ने स्थिति पनि रहन्छ । बलि दिएको जनावरको मासुलाई ‘कुर्बानीको मासु’ भनी तीन भाग लगाई एक–एक भाग क्रमशः गरिब–विपन्न, आफन्तजन र आफ्नै परिवारमा राखिन्छ ।

बलि अर्थात् कुर्बानीको प्रारम्भ कसरी हुन पुग्यो भन्ने सन्दर्भमा मुस्लिम समाजमा अनुश्रुतिहरू पनि रहेका छन् । एक अनुश्रुतिअनुसार ‘हजरत मुहम्मद आगमनपूर्व नै अल्लाहका दूत इब्राहिम असी वर्ष उमेर हँुदा पत्नी हजराबाट इस्माइल नामक एक सन्तानको जन्म भएको थियो । बृद्ध उमेरमा जन्मिएको यही सन्तानलाई ‘बलि (कुर्बानी) दिनू’ भन्ने अल्लाहको आदेश भयो ।

अल्लाहको आदेशलाई स्वीकार गरी इब्राहिमले छोरा इस्माइललाई बलिको लागि मरुभूमिमा लिएर गए । बाबु इब्राहिम छोरालाई बलि दिन तयार भएको देखी अल्लाह खुसीले गद्गद् भए । आफ्नो आदेशलाई खुसीसाथ पालना गरेकोले अन्त्यमा अल्लाहले इस्माइललाई बलि हुनबाट भने रोकेका थिए । ’ भनिन्छ, त्यही समयदेखि नै कुर्बानी स्वीकार गर्ने प्रचलन थालनी भई विश्वभर फैलिंदै गएको हो ।

तपाईंको प्रतिकृया
Loading...