चीनमा ७.० को भूकम्प

loading...

चीनको सिचुवान प्रान्तमा ७.० मयाग्च्यिुडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सीइएनसी) ले जनाएको छ । स्थानीय समयअनुसार मंगलबार राति ९ः१५ बजेको समयमा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दु ३३.२ डिग्री उत्तरी अक्षांश र १०३.२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सीइएनसीले जनाएको छ । भूकम्पबाट उक्त क्षेत्रमा भएको क्षतिबारे अहिलेसम्म केही जनाइएको छैन ।

तपाईंको प्रतिकृया
Loading...