नेपाली भर्सेस नेपाली

loading...

banner

santosh pariyar
सन्तोष परियार

गोर्खाल्याण्डको माग गर्दै आन्दोलनमा सामेल एक उताका नेपाली (भारत) र यताको नेपाली (नेपाल) को अचानक भेट :

यताकोले सोध्यो – “होइन कता हो यस्तो हतारमा ? अनि के भइरहेको छ तिम्रो तिर ? आन्दोलन चलिराछ रे”

उताकोले भन्यो – “हो आन्दोलन चलिराछ, हामीलाई दमन गर्न खोजिदैछ, हामी पनि गोर्खाली त्यसै झुक्दैनौ, हामी हाम्रो राज्य लिएरै छाड्छौं”

अनि पुस्तौं अघि छुटेका पुर्खाहरुलाई सम्झदै भावनामा बग्दै यताकाले भन्यो – “हो हो, आफ्नो अधिकारको लडाईमा पछि हट्नु हुँदैन, हामी पनि छौं नि तिम्रो समर्थनमा”

अनि फेरी उताकाले भन्यो – “हामी नेपाली होइनौ, गोर्खाली हौं, मेरा भारत महान, त्यस्तो गरिब देशको हामीलाई सहयोग चाहिंदैन”

अनि यताको तात्तियो – “ए हामीलाई गरिब भनेर हेपेको ? हाम्रो सहयोग चाहिंदैन भनेको ? ठिकै छ हामीलाई के मतलब”

bhanaiउताको पनि जंगियो – “तिमीहरुले साथ देउ कि नदेउ हामीलाई पनि के मतलब, यो हाम्रो भूमि हो, हामी भारत सरकारसँग हाम्रो राज्य लिएरै छोड्छौं, गोर्खाल्याण्ड बनाएरै छोड्छौं”

यताको झनै तात्तियो – “ल ल तिमीहरु त्यतैका, आफनो राज्य लिउ कि जेसुकै गर हामी बोल्दैनौ तर गोर्खाल्याण्ड नाम किन राख्ने ? विश्वभरि ‘नेपाली वीर’ र ‘गोर्खा’ भनेको नेपालका ति नेपालीहरु हुन् जसलाई ब्रिटिशहरुले बहादुरीका कारण आफ्नो सेनामा लिएका हुन् र पछि भारत छोड्दा केही आफूसँग लगे र केही भारतमै छोडे जुन अहिले तिमीहरुले गोर्खा रेजिमेन्ट भन्छौं । गोरखा राज्यबाट बाइसे–चौबिसे राज्यहरुलाई जित्दै काठमाडौं उपत्यकालाई पनि जितेर त्यसलाई राजधानी बनाएको र तत्कालिन समयमा काठमाडौंलाई मात्रै नेपाल भन्ने गरिएको र काठमाडौंमाथि विजय हासिल गरिसकेपछि त्यसलाई नै राजधानी बनाइएको पुरै राष्ट्रको नाम नेपाल भनिएको थियो र त्यही भएर ‘नेपाली’ र ‘गोरखाली’ नाम विश्वमा फैलिएको हो । हिंजोको ठूलो नेपाल अहिलेको तिमीहरुले टेकेको भूमि पनि हो जुन हिंजो पूर्वमा बर्माको जंगलदेखि पश्चिममा कांगडासम्म फैलिएको थियो जुन विशाल नेपाल ब्रिटिशसँगको सन्धी पछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सिमित भयो जसमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर त्यतिबेला नेपालमा थिएन पछि ब्रिटिश साम्राज्यले खुशी भई तत्कालिन राजा र राणाहरुलाई उपहारस्वरुप फिर्ता गरेको थियो । ल अब भन तिमीहरुले आफूलाई गोर्खाली किन भन्ने र राज्यको नाम गोर्खाल्याण्ड किन राख्ने ?”

उताको (आवेशमा) – “हाम्रा पुर्खाका यहींका हुन्, हामी नेपालबाट आएका होइनौं, कोही कोही आए होलान् पछि पछि हामी त यहींका हौं, हामी भारतीय हौं”

यताको – “झुठो कुरो नगर, अहिले तिमीहरु बसेको भूमि भारतमा होला, तिमीहरुको पुस्ताहरु थुप्रै वर्षदेखि त्यहाँ बसेको होला तर त्यो भूमिको वास्तविक आदिवासी भनेको लेप्चा र लिम्बुहरु हुन् त्यो बाहेकका अरु सबै त्यहाँ भित्रिएका हुन् । हामीले अन्यथा भन्न खोजेको होइन, तिमीले गाएको मेरा भारत महानको भजनसँग पनि हामीलाई केही मतलब छैन तर हाम्रो आपत्ति भनेको वास्तविक नेपालका नेपालीहरु जुन हिंजो नेपाल राष्ट्रलाई जोगाउन भनि बहादुरीका साथ लडे–मरे तिनको बहादुरीको ब्याज अझै तिमीहरुले खाने ? यो कुरा अलि सुहाएन । तिमीहरुले नस्वीकारे पनि तिमीहरु पनि तिनै वास्तविक नेपाली र गोर्खेका सन्तान हौ त्यसैले बहादुरी त छ तिमीहरुमा पनि तर जब तिमीले आफ्नो पुर्खाहरुको अपमान गर्छौ नि तब तिनै पुर्खाका हामी सन्तानले तिमीहरुलाई यति कुरा त भन्ने पर्ने हुन्छ । अनि तिमीहरुले जुन ‘हम गोर्खा लोग भारतका रक्षा करते हैं’ भनेर भाषण ठोक्छौं नि, यो कुरा जानकारी रहोस् कि भारतमा रहेको नेपाली आर्मीमा ७० प्रतिशत नेपालका नेपालीहरु हुन्छन् जुन वास्तवमै मर्न र मार्न अघि सर्छन् । हामीले त्यहाँका नेपालीहरु पनि देखेका छौं, जो बढि भन्दा बढि खेलकुदमा अघि सर्ने र त्यसैको भरमा सेना र पुलिसमा भर्ति हुने, अनि यताका वास्तविक वीर ‘नेपाली–गोर्खाली’को नामलाई अघि सारेर तिनको नामको ब्याज खाने गर्छन् ।”

उताका पुरै जंगिदै – “ओई निहुँ खोज्छस्, साला भारतले चाह्यो भने नि नेपाललाई एकैछिनमा सिध्याई दिन्छ बुझिस् । तिमीहरुको सानो देश, कत्ति पनि समय लाग्दैन भारतले चाह्यो भने सिध्याउन बुझिस् ।”

यताका पनि जंगिदै – “देखाइदियौ नि आफ्नो असली औकात ! गल्ती हाम्रै हो हामीले अर्को देशको नागरिकता बोक्ने नेपालीलाई पनि आफ्नो ठान्यौं र आफ्नै देशका कतिपय समुदायका मान्छेहरुलाई पराई जस्तो व्यवहार गर्यौं । अहिले बल्ल थाहा हुँदैछ को आफ्नो को पराई भन्ने ।”

उताका हतारिदै – “तेरो देशमा तँ जेसुकै गर मलाई के मतलब, म गएँ आन्दोलनमा, यसपाली त गोर्खाल्याण्ड बनाएरै छोड्ने हो । नारा लगाउँदै ‘मेरा भारत – महान है’, ‘ज्यान दिन्छौं प्राण दिन्छौं – गोर्खाल्याण्ड लिन्छौं लिन्छौं’, ‘ममता ब्यानर्जी – हाय हाय’

यताकोले सोच्दै – “हुन त ठीकै भन्यो त्यसले, संसारको जुनसुकै कुनामा अन्याय भएपनि त्यसको विरोध त गर्नैपर्छ तर त्यो पनि एउटा हदसम्म, यिनले हामीलाई हेलाको दृष्टिकोणले हेर्छन् भने हामीले यिनलाई कतिसम्म सम्मान दिने त्यो भने सोच्नै पर्छ ।”

तपाईंको प्रतिकृया
Loading...