रवीन्द्र समिरको ‘भूकम्पमा मल्हमपट्टी’ लाई ‘उत्तम शान्ति पुरस्कार’

rabindraकाठमाडौँ, १२ जेठ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले गत वर्षको ‘उत्तम शान्ति पुरस्कार’ लेखक रवीन्द्र समिरलाई सुन्दर, सरल र सहज शिल्पका माध्यमद्वारा नेपाली साहित्यमा दिएको योगदानबापत उहाँको संस्मरणात्मक कृति ‘भूकम्पमा मल्हमपट्टी’ लाई प्रदान गरेको छ ।
गुठीका संरक्षिका अनामिका सिंह र सदस्य सचिव ठाकुरप्रसाद पराजुलीले ताम्रपत्रका साथ रु ५० हजार राशिको सो पुरस्कार प्रदान गर्नुभयो । सो पुरस्कार आख्यानमुक्त कृति निबन्ध, अन्तर्वार्ता, संस्मरण, नियात्रा आदिलाई प्रदान गरिन्छ ।
विसं २०७२ वैशाख १२ को भूकम्पपछि जनस्वास्थ्यविज्ञ डा रवीन्द्र पाण्डेले छ दर्जन भूकम्पका भग्नावशेषमा पुगी त्यहाँका भूकम्पपीडितकहाँ पुगी स्वास्थोपचार, मनोपरामर्श र राहत प्रदान गर्नुभएको थियो । कृतिमा लेखकको अनुभव, भोगाइ, व्यवहार र दृष्टिकोणको संश्लेषण पाइन्छ । डा. पाण्डे साहित्यमा रवीन्द्र समिरका रुपमा चिनिनुहुन्छ । उहाँका आठ लघुकथासङ्ग्रह, एक मुक्तक सङ्ग्रह, एक नियात्रा पहिले नै प्रकाशन भइसकेको छ । उहाँले आफूले प्राप्त गरेको पुरस्कार राशिमा रु ५० हजार थपी भूकम्पपीडितका बालबालिका शिक्षा र स्वास्थका लागि प्रदान गरिने घोषणा पनि गर्नुभयो ।
तपाईंको प्रतिकृया
Loading...