सेल्फीमै नटुंगियोस् नेताहरुको ललितपुर बनाउने सुन्दर सपना !

loading...

rajesh bajracharyaराजेश बज्राचार्य

यसपालीको चुनावले आम मानिसमा स्थानीय बिकासको सवालमा केही त हुन्छ भन्ने आशा जगाउन सफल भएको छ । यसबीच चुनावी वातावरण निर्माणमा समय अभावको कारण दलैपिच्छे देखिएको पदिय घात अन्र्तघातको कुरा, टोलैपिच्छे ३०औं उम्मेदवारी प्रतिस्पर्धामा देखिएको माहौललाई राजनैतिक जागरणका रूपमा पनि बुझ्न नसकिने होइन ।

तर प्रतिस्पर्धा राजनैतिक निरन्तरताका लागि हो वा अचेलको सामजिक संजालमा सेल्फी प्रकरणको उत्कृष्ट प्रदर्शन हो ? चुनावी हारजीत पछिको बाताबरणले देखाउने नै छ । आफ्ना चुनावी एजेण्डा र योजनाभन्दा सामाजिक राजनैतिक चेतनाको समिक्षाका लागि बिजयी उम्मेदवारले ध्यान नपुर्याउने हो भने प्रत्येक स्थानीय इकाई हालको संसदिय नौटकी यथावत रहिरहने पनि सम्भावना छ ।

अर्थात, प्रत्येक पटकका प्रमुखहरु कुलमानसम्म पनि बन्न नसक्ने वा सपनाका ब्यापारी भै यथास्थितिलाई बढावा दिन बाध्य हुने प्रबल सम्भावना छ ।
राजनैतिक दलका कार्यकर्ताहरू आफ्नो मत सम्बन्धमा पुस्तैनी मानसिकताबाट रूपान्तर हुने देखिएको अवस्था, स्वतन्त्र उम्मेदवारका लागि मतदानका दिन मौसम प्रतिकूल भएमा, मतदाताहरु मतदान केन्द्रमा चुनाव चिन्ह खोज्न पर्याप्त समय नपाएको अनुभव भएमा वा अन्य कारण आकँडा गरिएका भन्दा फरक परिणामस्वरूप पुनः मतगणनाको झमेला निम्तिने सम्भावना कसरी ब्यवस्थापन होला ?

यति भनिसकेपछि छोटो अवधि सहि तर सार्वजनिक रूपमा सँगै उभिंदा एकले अर्काको राम्रा योजनाको कदरसम्म पनि गर्न नभ्याएको देख्दा सारा उम्मेदवारहरु (ललितपुर महानगरपालिकाका १४ प्रत्यासीहरु) लाई सोध्ने अवसर नजुरेको प्रश्न माथिका अवस्थालाई तरेर आउने जनप्रतिनिधि हुँदा तपाईहरुबीचको सम्बन्ध राजनैतिक (हालको परिषद शैली) हुने वा आफ्नो चुनावी एजेण्डामा नपरेका तर प्रभावशाली बिकासका अवधारणा र योजना समेट्न सार्वजनिक रूपमा चुनावमा झै जनतामाझ कसको निरन्तरता दिन प्रतिबद्ध हुनुहुन्छ ? जनताले अन्तत सबैका राम्रा बिचारहरुको कार्यान्वयन हेर्न चाहेको छ, सामूहिक क्षमता र अग्रगमण खोजेको छ ।

तपाईंको प्रतिकृया
Loading...