पत्नीलाई पिटेर बहादुरी देखाउने पत्रकार !

loading...

पत्रकारिता क्षेत्रलाई देशको चौथो अंग भनिन्छ । तर त्यस्को लागि कामपनि त्यही अनुरुपको हुनुपर्छ । हाम्रो देशमा न त पत्रकारिता क्षेत्रमा गुणस्तरिय छ । न त गर्नुपर्ने काम गरिएको देखिन्छ । शुद्धसंग लेख्न नजान्ने र पत्रकारिताको ‘प’ नजान्ने पनि पत्रकार बनेका छन् । उनीहरु नेता, ब्यापारी र भ्रष्टाचारीको पछि लागेर पैसो कमाउने सपनामा ब्यस्त देखिन्छन् । त्यसैले यो क्षेत्र मर्यादित हुन सकेको छैन । पत्रकारिताको आडमा रहेर कोही पत्रकार रक्तचन्दन व्यापारमा, कोही चरेसको कारोबारमा ।

भर्खरै दैनिक पत्रिकाका सहसम्पादक साइबर क्राईममा प्रहरीले पक्राउ गरेको थियो । कोही पत्रकार भने पत्नीलाई पिटेर बहादुरी देखाउने गरेका छन् । यता क्राइम बिटमा काम गर्ने पत्रकारहरु नेपाल पुलिसको आइजिपी परिवर्तन हुने यो बेलामा निक्कै एक्साइटेड भएर यो वा त्यो पक्षमा लाग्ने स्थिति छ । कसैका लागि ‘होस् र गरोस्’ भन्नु बेकार छ । जो भएपनि हुने केही होइन । हुनुअघि संगठनलाई कायापल्ट गर्ने, यसो र त्यसो भन्छन् । भएपछि उस्ताको उस्तै । अहिले प्रतिस्पर्धामा तीनजना छन् । कुवेर राना, नवराज ढकाल र भिष्म प्रसाईं । यो दौडमा पत्रकारलाई घाँस हाल्न ढकाल बढी नै लागेका छन् । एआइजी बन्नलाई पार्वतीले नेताकहाँ घाँस हाल्दैछिन् । पहिलाजस्तै ठेकेदारदेखि पत्रकारसम्म यो मामिलामा चलायमान भइसकेको पर्याप्त सूचना फेला परे । ठेकेदारले त व्यापार पाउने नाममा लाग्नु ठीकै हो ।

तपाईंको प्रतिकृया
Loading...